माया च्याटबटको गोपनीयता नीतिको खाका

माया वास्तविक व्यक्ति होइन, यो प्लान इन्टरनेसनल नेपाल र ट्यान्जिबल एआइले कम्प्युटर सफ्टवेयर – च्याटबटको प्रयोग गरी सिर्जना गरेको व्यक्तित्व हो । मायाको फेसबुकमा प्रोफाइल छ तर सफ्टवेयर एप्लिकेसन मेनिच्याट भनिने अर्को प्लेटफर्ममा होस्ट गरिएको छ जुन फेसबुकमा जोडिएको छ ।

प्लान इन्टरनेसनल नेपालमा, हामी सबै प्रयोगकर्ताहरूले सुरक्षित महशुस गरेको सुनिश्चित गर्ने लक्ष्य राख्दछौं र तपाईंको गोपनीयता हाम्रा लागि महत्वपूर्ण छ । मायाले यसको सेवा सुधार गर्न सहयोग गर्न र मायाले प्रदान गर्ने सुविधालाई तपाईंका लागि अझ राम्रो बनाउन सहयोग गर्नका लागि तपाईंको बारेमा सूचना (“डाटा”) संकलन गर्दछ । जव हामीले तपाईंको डाटा संकलन गर्दछौं, हामीले त्यो सुरक्षित रूपमा राखिएको सुनिश्चित गर्दछौं र हामीले सधैं तपाईंको गोपनीयताको सम्मान गर्दछौं ।

तपाईंले मायालाई तपाईंको सक्रिय फेसबुक खाताको माध्यमबाट पहुँच गर्नुभयो र त्यसैले तपाईंसँग यो खातामा पहुँच छ र त्यो पहुँचको लागि चाहिने योग्यता पुरा गर्नुहुन्छ भन्ने हाम्रो अनुमान छ ।

हामीले तपाईंबाट संकलन गर्ने सूचना

जव तपाईं मायासँग कुराकानी गर्नुहुन्छ, हामीले तपाईंका बारेमा केही जानकारी संकलन र भण्डारण गर्छौं । जव तपाईंले मायालाई पहिलो सन्देश पठाउनुहुन्छ, तपाईंले मेनिच्याट र हामीले प्रयोग गर्ने अन्य सेवाहरू (“तेस्रो पक्ष सेवाहरू” हेर्नुहोस्) सँग तपाईंको नाम, सार्वजनिक ठेगाना (तपाईंको ठ्याक्कै ठेगाना होइन) र टाइम जोन बाँड्नुहुन्छ । यदि तपाईंले यी विवरणहरू बाँड्न चाहनुहुन्न भने तपाईंले यो सेवा प्रयोग गर्न पनि सक्नुहुन्न; यी सेवाहरू प्रयोग गर्नाले तपाईंले यी शर्तहरू स्विकार गर्नुहुन्छ । यदि तपाईंले तपाईंको सन्देशहरूमा व्यक्तिगत जानकारी समावेश गर्नुहुन्छ भने, यो जानकारी फेसबुकमा र मेनिच्याटमा भण्डारण हुनेछ । यद्यपी हामीले तपाईंको जवाफबाट व्यक्तिगत पहिचान हुने सूचनालाई सम्पादन गर्ने भएपनि हामीले तपाईंको पहिचान हुने कुनै पनि विवरण उल्लेख नगर्न सुझाव दिन्छौं ।

मायासँग तपाईंको अन्तर्क्रियाको क्रममा, हामीले तपाईंको फोन नम्बर माग्न सक्छौं । यो नम्वर हामीले तपाईंले मायासँग अन्तरक्रिया गरेपछि मायाको विषयवस्तुसँग सम्वन्धित टिप्स र सूचना दिनका लागि प्रयोग हुन सक्छ ।

यसको अतिरिक्त, मायासँग तपाईंको अनुभवसँग सम्बन्धित प्रतिक्रिया वा जानकारी सङ्कलन गर्न हामी मायासँग कुराकानी गरेपछि तपाईंलाई सम्पर्क गर्न तपाईंको सम्पर्क जानकारी प्रयोग गर्न सक्छौं। प्रतिक्रिया वा फलो-अपका लागि यी अनुरोधहरू पूर्ण रूपमा वैकल्पिक छन्। तपाईं यी अनुरोधहरूको जवाफ दिन वा बेवास्ता गर्न छनौट गर्न सक्नुहुन्छ।

मतदान, हाजिरीजवाफ र सर्वेक्षणहरूमा सहभागी हुँदा हामीले तपाईं र तपाईंको बारेमा जानकारी बाँड्न वा तपाईंको विचार, मत वा भावना भन्नका साथै तपाईंको अनुभव र तपाईंमाथि भएको कुनै घटना भन्नका लागि अनुरोध गर्न सक्छौं । तपाईंले के सूचना बाँड्न चाहनुहुन्छ भनी छान्न सक्नुहुन्छ ।

तपाईंको डाटाको प्रयोग

माया च्याटबटलाई सहयोग गर्ने प्लान इन्टरनेसनलका कर्मचारीले उनीहरूको कार्य सञ्चालनको क्रममा तपाईंको डाटा हेर्न सक्छन् । मायाको डाटामा पहुँच भएका सबै कर्मचारी सदस्यहरू होशियारीपूर्वक चयन गरिएका हुन्छन् र कानूनी रूपमा बालबालिकाको सुरक्षा [LINK] बारेको प्लान इन्टरनेसनलको उच्च मापदण्डको अधीनमा हुन्छन्।

साथै, हामीले माया च्याटबटको विकास र व्यवस्थापन गर्न हामीलाई सहयोग गर्न कुनै कुनै समयमा सिमित रूपमा अन्य कम्पनी, एजेन्सी र सफ्टवेयर उत्पादनहरू (“तेस्रो पक्षहरू”) सँग काम गर्दछौं। हाम्रा केही साझेदारहरूलाई तपाईंको डाटाको पहुँच हुन सक्छ । प्रयोगकर्ताको डाटामा पहुँच भएका सबै तेस्रो पक्षहरूले हामीसँग गोपनीयता र सुरक्षाको सहमतिपत्र [LINK] मा हस्ताक्षर गरेका हुन्छन् ।

हामीले डाटा बाँड्ने तेस्रो पक्षहरू यी हुन्ः

  • प्राविधिक साझेदारहरूः मायाको कार्यान्वयनमा ट्यान्जिबल एआइ प्लान इन्टरनेसनलको साझेदार हो । ट्यान्जिबल एआइका कर्मचारीहरूले मायालाई निर्माण गरेका हुन् र उनीहरूले हामीलाई च्याटबट चलाउन र सुधार गर्न सहयोग गर्छन् ।
  • डाटा साझेदारहरूः हामीले यी साझेदारहरूसँग डाटा बाँड्नेछौं जसले गर्दा हामीले मानिसहरूले मायासँग कसरी अन्तर्गत गर्छन्, उनीहरूलाई के कुरामा रूचि लाग्छ र मायालाई कसरी सुधार गर्न सकिन्छ भनी बुझ्न सक्नेछौं ।
  • तेस्रो पक्ष सफ्टवेयरः मायालाई कार्यान्वयन गर्न र सहयोग गर्नका लागि विभिन्न प्लेटफर्महरूको प्रयोग गरिएको छ । यसमा मेनिच्याट, माइक्रोसफ्ट एक्सेल, एम्प्लिच्युड, इन्टेग्रोमेट र Wit.ai पर्दछन् ।

हामीले कहिले पनि बजारीकरण प्रयोजनका लागि कुनै पनि तेस्रो पक्षसँग तपाईंको जानकारी बाँड्नेछैनौं ।  र हामीले कहिले पनि तपाईंको व्यक्तिगत जानकारी कुनै पनि अन्य व्यवसाय वा संस्थालाई भाडामा दिने वा बिक्रि गर्नेछैनौं ।

तपाईंले के गर्न सक्नुहुन्छ

माया फेसबुक र फेसबुक मेसेन्जरमा निर्भर रहन्छ र हामीसँग फेसबुक वा तपाईंले त्यसलाई कसरी प्रयोग गर्नुहुन्छ भन्ने कुरामा कुनै नियन्त्रण छैन । यदि फेसबुकमा कुनै प्राविधिक समस्या, बगहरू वा सुरक्षा उल्लंघन भएमा त्यसले मायालाई असर गर्न सक्छ ।

तपाईंले तपाईंको खाताबाट मायालाई पठाइएको सन्देशहरू मेटाउन सक्नुहुन्छ तर यसले रेन्बो प्रोफाइलमा भएको प्रतिलिपीहरूलाई कुनै असर गर्नेछैन । तपाईंले पठाउनुभएको हरेक सन्देश मायाको फेसबुक प्रोफाइल पेजका साथै हामीले माथि उल्लेख गरिएका अन्य तेस्रो पक्षका सेवाहरूमा प्राप्त र भण्डारण हुन्छन् ।

तपाईंले हामीले हामीसँग तपाईंको बारेमा भएको सबै डाटा पूर्ण रूपमा मेटाउन भन्न पनि सक्नुहुन्छ जसलाई तपाईंको बिर्साउने अधिकार पनि भनिन्छ । यदि तपाईंले तपाईंको डाटा मेटाउन चाहनुहुन्छ भने, तपाईंले सेवा प्रयोग गर्न पनि रोक्नुपर्छ । तथापी, कहिलेकाँही हामीले तपाईंको जानकारी सांख्यिकीय वा अनुसन्धान उद्देश्यहरूको लागि वा बालबालिकाको अधिकारहरूको विकासमा मद्दत गर्नका लागि प्रयोग गर्छौं। यी घटनाहरूमा, जब हामी तपाईंसँग सम्बन्धित डाटा मेटाउँछौं, मायासँग तपाईंको अन्तरक्रियाको केही बेनामे डाटा (यसको अर्थ त्यो तपाईंलाई पहिचान गर्न प्रयोग गर्न सकिदैंन)  हाम्रो प्रणालीहरूमा रहन सक्छन् । तपाईंको डाटा मेटाउनका लागि वा तपाईंको डाटाको बारेमा तपाईंको अन्य कुनै प्रश्नहरू भएमा हामीलाई Nepal.CO@plan-international.org मा इमेल गर्न सक्नुहुन्छ ।

यदि हामीसँग छ भने, तपाईंले हामीले तपाईंको बारेमा राखेको डाटाको प्रतिलिपी प्राप्त गर्न वा कुनै जानकारी सच्याउनका लागि अनुरोध गर्न सक्नहुन्छ । यिनीहरूलाई पहुँचको अधिकार र सुधारको अधिकार पनि भनिन्छ । हामीले तपाईंको परिचय यकिन भएको एक महिनाभित्र तपाईंको अनुरोधको जवाफ दिने सक्दो प्रयास गर्नेछौं । कृपया हामीलाई Nepal.CO@plan-international.org मा इमेल गर्नुहोस् अनि हामीले तपाईंलाई केही थप प्रश्नहरू पठाउनेछौं जसले गर्दा तपाईं के चाहनुहुन्छ भन्ने कुरा हामीलाई ठ्याक्कै थाहा होस् ।

कानूनी प्रयोजनहरूः हामीले तपाईंको बारेको सूचना यी अवस्थामा खुलासा गर्न सक्नेछौं (i) यदि हामीले कानूनअनुसार त्यसो गर्नुपरेमा वा (ii) कुनै शारिरीक क्षति वा वित्तीय हानीलाई जोगाउनका लागि वा कुनै शंकास्पद वा वास्तविक गैरकानूनी क्रियाकलापको अनुसन्धानको लागि हामीलाई खुलासा अत्यावश्यक वा उचित छ भन्ने लागेमा । यदि हामीले हाम्रो व्यवसाय वा सम्पत्तिको केही हिस्सा वा पुरै हिस्सा विक्रि वा स्थानान्तरण गरेको अवस्थामा हामीसँग रहेको तपाईंको कुनै पनि जानकारी स्थानान्तरण गर्ने अधिकार निहित छ । यदि यस्तो बिक्री वा स्थानान्तरण भयो भने, हामीले तपाईंले उपलब्ध गराउनुभएको व्यक्तिगत जानकारी यो गोपनीयता सूचनासँग अनुरूप भएको तरिकाले प्रयोग गर्नका लागि हस्तान्तरण लिनेलाई निर्देशन दिन उपयुक्त प्रयास गर्नेछौं ।

पछिल्लो अपडेटः सेप्टेम्बर 27, 2020